Previous slide
Next slide
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठान
युगौ देखि एकात्मक शासन व्यवस्थाले यहाँको सम्पूर्ण भाषा भाषीको अस्तित्वलाई समाप्त गरिएको सर्व विदितै छ । कुनै पनि समाजको अस्तित्व वा पहिचान कायम राख्नको लागि धर्म, संस्कृति, भाषा र लिपिको ठूलो भूमिका हुन्छ । भाषा भनेको मानव समाजको सभ्यताको प्रतिक हो । भाषा विकासको निम्ति लिपिको ठूलो महत्व हून्छ । लिपि विनाको भाषा अपभ्रंसित हुने र मौलिक भाषा माथि अन्य भाषाको अतिक्रमण हुदै जान्छ र आफ्नो मौलिकता समाप्त हुन्छ । आफ्नो मौलिक भाषा, धर्म र संस्कृतिलाई संरक्षण तथा संवद्धनका निम्ती नेपालका आदिवासीहरुले अतुलनिय योगदान गरेको साक्षी छ ।
संरक्षकहरू
संस्थापक पदाधिकारीहरु
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानको २०६७ सालको प्रथम महाधिवेशनबाट गठित पदाधिकारीहरु
गतिविधि
संस्थाको उद्देश्यहरु
- क. तामाङ भाषामा बैज्ञानिक ढंगबाट सम्भोटा लिपिमा आधारभूत तह देखी उच्च तह सम्म पाठ्यपुस्कको विकास गरी पठन पाठन गर्ने ।
- ख. प्रतिष्ठानको विभिन्न क्रियाकलाप र कार्यालय संचालनको लागि आधुनिक भवनको निर्माण गर्ने ।
- ग. गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने ।
- घ. प्रतिष्ठानमा आवद्ध सदस्यहरु देहान्त भएकाहरुको नाममा चैत्रपूर्णिमाको दिनमा रिन्पोछेज्यू, द्वारा संयुक्त म्हरमेनमोलम गर्ने ।
तामाङ भाषा पुस्तकहरु
पुस्तक सम्बन्धि जानकारी
तामाङ भाषाको पुस्तक सम्बन्धि जानकारी तथा अर्डर गर्न चाहनुहुन्छ भने हामीलाई हाम्रो तल दिईएको नम्बरमा कल गर्न सक्नु हुनेछ
तामाङ भाषा पाठ्यपुस्तकहरु
कक्षा १ – ९



